2026/05/01

दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन

Admin

२०८०-०७-०८

428
Shares

गएको असोज २७ गते सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ।

उपचारको क्रममा उनको भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा मंगलबार उनको निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए। 

मनाङ एयरले क्याप्टेन सेढाईंकोको निधनले एक कुशल पाइलट तथा सक्षम व्यवस्थापक गुमाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। 

क्याप्टेन सेढाईंले चलाएको मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो 

घाइते पाइटलको काठमाडौंको ह्याप्स हस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि मुम्बई लगिएको थियो।

मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको  कारण उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि त्यसले असर गरेपछि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्। 

428
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.