2026/06/06

गायिका पशुपति खनालको देउडा गीत ‘पिरतीका फेराइ फेरा’ सार्वजनिक (भिडियोसहित)

Admin

२०८१-०३-०९

1278
Shares


अछाम –पछिल्लो समयकी चर्चित गायिका पशुपति खनालको नयाँ देउडा गीत ‘पिरतीका फेराइ फेरा’ सार्वजनिक भएको छ । गायिका पशुपति खनाल र  शुसिल बोहरा (शुसलिङ) को स्वरमा रहेको उक्त देउडा पछिल्लो समयमा अत्याधिक रुचाइएको गीतमा पर्न सफल भएको छ ।  

गायक बोहराले यसअघिका थुप्रै गीत सिर्जना गरेर लय ,शब्द भरेका छन् भने आफैंले स्वर दिएर गाएको यो उनको पहिलो गीत हो । उक्त देउडा गीतमा सन्तोष भट्ट , कामना जोरा , शर्मिला कुवँरलगायतको अभिनयले यस गीतलाई थप जीवन्त बनाएको छ ।

बसल्ली वनडोरीसैन  ,बिचै सेरै सेरा 
तेरा मेरा पिरतीका ,जाइँताइँ फेरै फेरा 

छ पोला घाँस काटी ल्याँया , छ भैंसा छन् भनी 
फनफनी घुमाउन्याँ रैछ , यो पापी मन पनि

भर्खरै सार्वजनिक भएको देउडाका यी सुरुवाती टुक्काहरु हुन् । प्रेममा रहेका जोडीहरु सफल हुन नसकेको , समय ,परिस्थिती र बाध्यताले छुट्न पनि नसकेका र एक हुन पनि नसकेका प्रेमीहरुको कहानीलाई गीतमा जोड दिइएको छ । 

जति प्रयास गरे पनि नसकेको भन्दै भाग्यले नै साथ नदिएको भन्दै भाग्यले नै साथ नदिएको जस्ता कुरा देउडामार्फत बाहिर ल्याइएको छ । पछिल्लो समय यहाँका युवा पुस्ताले नै रुचाउने गरि देउडा गीत सार्वजनिक भइसकेका छन् । पशुपति खनालका सँगै लैजा मलाई , अंगुली बाँध्याको जस्ता गीतहरु चर्चित छन् । देउडासँगसँगै लोकगीतहरुलाई पनि आउने दिनमा प्राथामिकतामा राखेर अघि बढ्ने खानालले बताइन् ।

भिडियो : 

https://youtu.be/SjmK9l462CI?si=lTZ80CaKz04-T5Rq&t=201

1278
Shares

©News Kunja 2021-2026. All rights reserved.