2026/07/30

रास्वपा मकवानपुरका सचिवसहित ६ जनाले त्यागे पार्टी

Admin
Admin

२०८१-०३-१७

506
Shares
रास्वपा मकवानपुरका सचिवसहित ६ जनाले त्यागे पार्टी

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।

६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् ।

‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चारकर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्नेबाहेक केही गर्न सक्नुभएन,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको बोली र काममा ठूलै अन्तर देखिएको प्रष्ट छ । कार्यकर्ता, जनतालाई झुक्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको कुरामा दुई मत भएन ।’

शासकीय स्वरूप परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजीलगायत थुप्रै महत्त्वपूर्ण विषय चुनावी नारामा मात्र सीमित गर्दै त्यसका लागि पार्टी नेतृत्वबाट कुनै प्रयास नभएको उनीहरूले बताएका छन् ।

सचिवसहित मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल,, हैटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङले पार्टी त्यागेका छन् । त्यस्तै हटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलाका साथै सिंगो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले पनि पार्टी त्यागेको बताएका छन् ।

506
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja