2025/12/28

मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह

Admin

२०८१-०३-१९

292
Shares

काठमाडौँ — नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । 

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

एमाले सचिवालय बैठकले गरेको निर्णय अहिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदैछ ।

292
Shares

©News Kunja 2021-2025. All rights reserved.