2026/04/29

देश छाडेर भागेकी शेख हसिनाले भनिन्: मलाई अमेरिकाले हटायो, छिट्टै फर्किन्छु

Admin

२०८१-०४-२७

775
Shares

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हिनाले आफूलाई हटाउने देशव्यापी प्रदर्शनमा विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएकी छन् । देश छाडेर भागेपछि पहिलो पटक हसिनाको प्रतिक्रिया सार्वजनिक भएको हो ।

भारतमा रहेकी हसिनाले त्यहीँबाट यसबारे प्रतिक्रिया दिएकी हुन् । भारतीय मिडियाका अनुसार उनले देशमा थप दुर्घटना हुन नदिन आफैं देश छाडेको बताएकी छन् । र यसका लागि अमेरिकाको हात रहेको आरोप लगाएकी छन् ।

हसिनाले भनेकी छन्, ‘मैले देशमा थप मानिसहरुको मृत्यु हुन दिइनँ । त्यहाँ बसेको भए झन धेरै मानिसक मृत्यु हुन्थ्यो । उनीहरु विद्यार्थीहरुको शवको बलमा सत्तामा आउन चाहन्थे । तर मैले दिइनँ । यदि मैले उनीहरुसँग सार्वभौमसत्ताका लागि सम्झौता गरेको भए शक्तिमै रहन सक्थेँ ।’ हशिनाले बंगादेशका नागरिकहरुलाई परिचालित नहुन पनि आग्रह गरेकी छन् ।

आफू देशमा बसिरहेको भए झन धेरै मृत्यु हुनसक्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएकी बताएकी छन् । ‘तपाइँहरु मेरो शक्ति हुनुहुन्थ्यो । तर तपाइँहरुले मलाई चाहनुभएन । त्यसैले मैले छडें,’ हसिनाले भनेकी छन् । आफूले देश छड्नका लागि कठोर निर्णय लिएको पनि बताएकी छन् ।

नागरिकहरुलाई आशा मर्न नदिन आग्रह गर्दै आफू छिट्टै स्वदेश फर्कने पनि बताएकी छन् । ‘आशा नहार्नुहोस्, म छिट्टै फर्कनेछु। मैले हारेँ तर बंगलादेशका जनताले जितेका छन्, जसका लागि मेरो बुबा, मेरो परिवारको मृत्यु भयो,’ उनले भनेकी छन् ।

775
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.