2026/08/25

१० लाखसम्मको उपचार सामाजिक सुरक्षाले व्यहोर्ने प्रधानमन्त्री घोषणा

Admin
Admin

२०८१-०८-११

513
Shares
१० लाखसम्मको उपचार सामाजिक सुरक्षाले व्यहोर्ने प्रधानमन्त्री घोषणा

११ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताए । त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरे ।

513
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja