2026/06/06

राधिकाको 'फूल फूल्यो फक्रियो' सार्वजनिक (भिडियोसहित)

Admin

२०८१-१२-२५

521
Shares

काठमाडौँ — सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत बजारमा आएको छ। गायिका तारा अधिकारीको स्वरमा सार्वजनिक भएको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन्।

'फूल फूल्यो फक्रियो' बोलको सार्वजनिक गीतमा सविन सुवेदीले संगीत संयोजन गरेका छन्। सार्वजनिक गीत गायिका अधिकारीको पाचौँ गीत हो।

२०७२ सालमा एकल एल्बम 'किनारा' मार्फत् सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानवीय संवेदना र समाजप्रति उत्तरदायी देखिन्छिन् ।

बिन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनालले अभिनय गरेका छन् । जीवनको मध्ये बिन्दूमा बाँचिआएको जीवन प्रतिको सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी खुलेको छ ।

गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भूपेन्द्र थापा मगरले खिचेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन् ।

https://www.youtube.com/watch?v=8mQ32Cxt748

521
Shares

©News Kunja 2021-2026. All rights reserved.