2026/07/30

इजरायल-हमास युद्ध : अहिलेसम्म १७ हजार बढीको मृत्यु

Admin
Admin

२०८०-०८-२२

608
Shares
इजरायल-हमास युद्ध : अहिलेसम्म १७ हजार बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गत अक्टुबर ७ मा इजरायलमाथि आक्रमण सुरु गरेको बिहीवार २ महिना पूरा भएको छ।

बीबीसीका अनुसारहमासले आक्रमण सुरु गरेपनि पछिल्लो समय इजरायलले हमासमाथिको आक्रमण तीव्र बनाएको छ।

दुबै पक्षबीच ७ दिनको अस्थायी युद्धविराम भएपनि युद्ध फेरि सुरु भएको छ। युद्धविरामको क्रममा दुबै पक्षले एक अर्काका बन्धकहरुलाई रिहा गरेका थिए भने संयुत्त राष्ट्र संघले राहत सामग्रीपनि पठाएको थियो। तर, युद्धविराम सकिएलगतै इजरायलले फेरि आक्रमण तीव्र बनाएको छ।

गाजामा हमास नियन्त्रण स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म १७ हजार १ सय ७७ जना मारिएका छन्। अन्य ४६ हजार मानिस घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पछिल्लो २४ घन्टामा इजरायली आक्रमणमा परी ३५० जना प्यालेस्टिनी नागरिक मारिएका छन् भने १९ सय जना घाइते भएका छन्।

608
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja