2026/09/14

नक्कली लाइसेन्स २९ हजार रद्ध, थप एक लाख नष्ट गर्ने तयारी

Admin
Admin

२०८०-१०-१०

671
Shares
नक्कली लाइसेन्स २९ हजार रद्ध, थप एक लाख नष्ट गर्ने तयारी

अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन लाइसेन्स छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको जानकारी दिनुभएको छ ।

केही दिनअघि नक्कली लाइसेन्स घोटाला प्रकरण बाहिरिएपछि मन्त्री ज्वालाले त्यसमा पनि अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले नक्कली लाइसेन्स रोक्न सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत् गर्न सकिने जानकारी दिनुभयो । 

‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यस बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भन्नुभयो, ‘अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, संघमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।’

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका झण्डै एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

671
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja