2026/07/30

अन्तर्राष्ट्रिय अदालतद्वारा प्यालेस्टाइनको पक्षमा

Admin
Admin

२०८०-१०-१२

817
Shares
अन्तर्राष्ट्रिय अदालतद्वारा प्यालेस्टाइनको पक्षमा

देशहरूबीचको विवाद निरूपण गर्ने अन्तर्राष्ट्रिय न्यायालय ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)’ले प्यालेस्टाइनमा नरसंहार नगर्न र थप क्षति नुपर्‍याउन इजरायललाई आदेश दिएको छ।
नेदरल्यान्डको हेगस्थित न्यायालयले माघ १२ मा दक्षिण अफ्रिकाले हालेको मुद्दामाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। गाजामा भइरहेको इजरायली आक्रमण तत्काल रोक्ने दक्षिण अफ्रिकाको माग गरेको भए पनि अदालतले युद्धविरामको आदेश भने दिएन।
१७ जना न्यायाधीशको इजलाशले सुनुवाइ गरेको मुद्दामा यो विवाद आफ्नो क्षेत्राधिकरभित्र पर्ने ठहर गर्दै मुख्य ६ वटा आदेश सुनाइएको छ। हरेक आदेशमा न्यायाधीशहरू विभाजित भएका छन्। ती आदेश यस्ता छन्ः

१) गाजामा नरसंहार हुन नदिन इजरायलले सम्पूर्ण उपाय लगाउनेछ। यो आदेशमा १५ जना न्यायाधीशले समर्थन जनाएका छन्।
२) आफ्नो सेनाले गाजामा नरसंहारका कुनै पनि कार्य गर्ने छैन भन्ने सुनिश्चितता दिलाउनेछ। यो आदेशमा १५ जना न्यायाधीशले समर्थन जनाएका छन्।
३) गाजामा नरसंहारका लागि उस्काउनेहरूलाई इजरायलले कारबाहीको दायराभित्र ल्याउनेछ। यो आदेशमा १६ जना न्यायाधीशले समर्थन जनाएका छन्।
४) गाजामा आधारभूत आवश्यकता र मानवीय सहयोग पूरा गर्न इजरायलले तत्काल आवश्यक पर्ने सबै उपाय लगाउनेछ। यो आदेशमा १६ जना न्यायाधीशले समर्थन जनाएका छन्।
५) गाजामा क्षति रोक्न र ‘नरसंहार रोक्नेसम्बन्धको महासन्धि’को कार्यान्वयनका लागि इजरायलले सबै उपाय अपनाउनेछ। यो आदेशमा १५ जना न्यायाधीशले समर्थन जनाएका छन्।
६) यी आदेशहरू पालना गर्न सबै उपायहरू अपनाएकोबारे इजरायलले आईसीजेसमक्ष एक महीनाभित्र प्रतिवेदन बुझाउनेछ। यो आदेशमा १५ जना न्यायाधीशले समर्थन जनाएका छन्।
न्यायालयको आदेशले यो विषय अन्तर्राष्ट्रिय सरोकारको मामिला भएको र गाजामा नरसंहार गरिएको हुन सक्ने अन्तर्राष्ट्रियका राजनीतिका जानकारहरूले टिप्पणी गरेका छन्।

817
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja