2026/07/28

गोरु काटेर खाएको विवाद : धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

Admin
Admin

२०८०-०५-०८

562
Shares
गोरु काटेर खाएको विवाद : धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । शुक्रकार(आज) राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । 
 
उहाँका अनुसार, धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

 
‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
 
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोलि प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
 
यसैबिच, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले आपसी सद्भाव र एकता कायम राख्न नगरबासीलाई अपिल गरेका छन् । 
 
मेयर राईले आज  वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताए । यसअघि बिहीबार पूर्व मेयरहरूले पनि वक्तव्य जारी गर्दै सद्भाव कायम राख्न आग्रह गरेका थिए ।

562
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja