2025/12/28

दैलेखमा ‘बोक्सो’को आरोपमा हत्या, अभियुक्त पक्राउ

Admin

२०८१-०८-०६

1236
Shares

काठमाडौं– बोक्सोको आरोप लगाउँदै दैलेखको दुल्लू नगरपालिका–१३ मालिकामा कर्णबहादुर कामीको हत्या गरिएको छ। 

५६ वर्षीय कामीलाई साइनोले भाई पर्ने ४३ वर्षीय भुवनसिंह विकले बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

भुवनसिंहलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आफू बिरामी भएपछि बोक्सी मन्त्र लगाएर बिरामी पारेको भन्दै आक्रोशमा आएर कर्णबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

1236
Shares

©News Kunja 2021-2025. All rights reserved.