2026/08/13

भूकम्पमा ज्यान गुमाएका ५५ जनाको अन्त्येष्टि, उपमेयरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

Admin
Admin

२०८०-०७-१९

2001
Shares
भूकम्पमा ज्यान गुमाएका ५५ जनाको अन्त्येष्टि, उपमेयरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

गत शुक्रबार रातिको भूकम्पबाट ज्यान गुमाएकामध्ये ५५ जनाको दाहसंस्कार गरिएको छ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई आइतबार श्रद्धाञ्जली व्यक्त गरे।

उनले स्थानीय त्रिवेणी नदीमा दाहसंस्कारको क्रममा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिएका छन् । 

शुक्रबार रातिको भूकम्पमा नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो । उनीहरु सबैको दाहसंस्कार भइसकेको छ ।

2001
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja