2026/07/28

प्रचण्डलाई विप्लवको विश्वास : सडकबाट सरकारलाई सघाउन तयार छौँ

Admin
Admin

२०८०-०५-१२

2019
Shares
प्रचण्डलाई विप्लवको विश्वास : सडकबाट सरकारलाई सघाउन तयार छौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब एउटा पार्टीले मात्रै लडेर जनताको जित सम्भव नभएकाले मोर्चा बनाइएको बताएका छन् । 

मंगलबार समाजवादी मोर्चा नेपालले बुटवलमा गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताए ।

महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको पनि बताए ।

नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली विशेषतासहितको समाजवाद मोर्चाको साझा बिन्दु भएको बताए ।

मोर्चा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै विप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताए ।

मोर्चासम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताए । नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उनले यो विदेशीहरुलाइ मन नपरेको बताए ।

2019
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja