2026/07/28

उम्मेदवार टुङ्गो लगाउँदै दल

रायबर अनलाइन
रायबर अनलाइन

२०७९-०१-११

886
Shares
उम्मेदवार टुङ्गो लगाउँदै दल

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) आफ्नो उम्मेदवार टुङ्गो लगाउने अन्तिम कसरतमा छन् । झण्डै तीन सातायता कञ्चनपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) छलफलमा रहे पनि पालिका बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् ।

एमालेले भने कञ्चनपुरका पाँच पालिकामा पार्टीबाट चुनाव लड्ने नगर प्रमुखको टुङ्गो लगाएको छ । एमालेका अनुसार दोधारा–चाँदनी नगरपालिकामा राजीव खड्का, बेदकोट नगरपालिकामा सुशीला सिंह, शुक्लाफाँटा नगरपालिकामा रणबहादुर महरा र कृष्णपुरमा लोकन्द्र पन्तलाई नगरप्रमुखमा उम्मेदवार बनाएको छ । त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा यसअघि नै एमालेले निर्मल रानालाई सर्वसम्मत उम्मेदवार बनाइसकेको थियो । एमालेले यहाँको भीमदत्त, पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । नेपाली कांग्रेसमा पार्टी सचिव हेमराज ओझाले गठबन्धन दलबीच आज पनि छलफल चलिरहेको बताउनुभयो । “हामीले गठबन्धन दललाई चार पालिका छाड्ने हो”, सचिव ओझाले भन्नुभयो, “भागबण्डाको विषय आज टुङ्गो नलागे सोमबार मित्रवत्रुपमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दिने पनि हुनसक्छ ।” उहाँले सहमतिको अन्तिम प्रयासका लागि नेताहरु लागिपरेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बेलौरीमा रामदत्त जोशी, पुनर्वासमा सनतजंग गिरी, कृष्णपुरमा जगदीश भट्ट, शुक्लाफाँटामा जीतसिंह भण्डारी, बेदकोटमा बमबहादुर बम र भीमदत्त नगरपालिकामा गजेन्द्रबहादुर चन्दलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । “बाँकी पालिकामा समेत केहीबेरमा टुङ्गो लागेर भीमदत्त र बेदकोटबाहेक सबै पालिकामा आजै उम्मेदवारी दर्ता गरिसक्ने भन्नेछ”, राप्रपाका भीमदत्त नगर नगर कमिटी अध्यक्ष करनसिंह पालले भन्नुभयो, “विगतको भन्दा उत्साहका साथ हामी चुनावी मैदानमा आएका छौँ ।”

886
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja