नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा आवद्धसहित चारवटा कम्युनिष्ट पार्टीले भोलि देशव्यापी संयुक्त विरोध प्रदर्शनको तयारी गरेका छन् ।
उनीहरुले एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्न लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।