2026/07/28

कांग्रेसले बीपी साहित्य महोत्सवको अयोजना गर्ने

Admin
Admin

२०८०-०५-११

636
Shares
कांग्रेसले बीपी साहित्य महोत्सवको अयोजना गर्ने

काठमाडौँ, ११ भदौ

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ ।

कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अमर रहेको छ ।

आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन् ।

यही भदौ २४, २५ र २६ गते पार्टी केन्द्रीय कार्यालयमा हुने उक्त महोत्सव कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक सङ्घको संयोजनमा सम्पन्न हुनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयमाथि छलफल हुनेछ ।

महोत्सवमा विभिन्न व्यक्तिका प्रमुख प्रवचन (सम्भाषण) हुने पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

यसैगरी मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् ।

महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी हुनेछन् । पहिलो पटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा उपस्थित लागि प्राज्ञिक तथा विद्वान् वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने उनले बताए ।

636
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja