2026/07/30

अब पहिचान नखुलेका शव र हराएका व्यक्तिलाई प्रहरीको वेबसाइटमै हेर्न सकिने

Admin
Admin

२०८०-०५-१७

545
Shares
अब पहिचान नखुलेका शव र हराएका व्यक्तिलाई प्रहरीको वेबसाइटमै हेर्न सकिने

काठमाडौँ, १७ भदौ

 नेपाल प्रहरीले पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट उद्घाटन गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आज उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उहाँले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । उनले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको पहुँचमा पुर्‍याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गरे ।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिकरूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण सङ्कलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमितरूपमा अनुगमन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा वेबपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताबारे जानकारी दिए ।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचितरूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिकोे निर्णयबमोजिम वेबसाइट निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja