2026/04/21

पशुपति खनालको ''अंगुलि बान्याको" देउडा गीत सार्वजनिक (भिडियोसहित)

Admin

२०८०-०५-१७

2010
Shares

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका पशुपति खनाल र दिपक संगम बिसीको "अंगुलि बान्याको'' बोलको देउडा गीत सार्वजनिक भएको छ । पहिलो पटक यस गीतबाट शब्द र लय दिएर उदायका बिसीको गीतको एरेन्ज तथा मिक्सिङ पवन रानाभाटले गरेका हुन् ।

गायिका खनालले यसअघि 'सँगै लैजा मलाई' , 'मेरा केशु लणा' जस्ता देउडा गीत गाएर चर्चामा आइसकेकी छन् ।

माया प्रेम र बिछोडको भाव समेटेर बनाइएको कथावस्तुमा सन्तोष जैसी र सुस्मिता कुँवरलाई भिडियोमा फिचरमा देख्न सकिन्छ ।  माया गरेर पनि जातीयताका कारण एकअर्काको हुन नसकेको कुरालाई भिडियोमा देखाइएको छ । 

जिबि आग्रीको निर्देशनमा तयार गरिएको गीतको भिडियोको इडिट तथा कलरिङ टेकेन्द्र शाहले गरेका हुन् भने लाईमलाइट नेपालले पोष्ट प्रोडक्सन गरेको हो ।

फाइन ट्युन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पशुपति खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :

https://youtu.be/IwNyXuWs0z4?si=UYApA2FpUxH8k4E4

 

2010
Shares

©News Kunja 2021-2026. All rights reserved.