2026/07/29

मदिरा पिएर मन्त्रालयको गाडीको चाबी खोसेपछि समातिए पत्रकार

Admin
Admin

२०८०-०५-२८

726
Shares
मदिरा पिएर मन्त्रालयको गाडीको चाबी खोसेपछि समातिए पत्रकार

मदिरा पिएपछि कर्मचारीसँगको विवादले एकजना पत्रकार पक्राउ परेका छन् ।

नेकपा एमालेनिकट प्रेस चौतारी कन्चनपुरका अध्यक्ष लक्ष्मण पन्तलाई इलाका प्रहरी कार्यालय मालाखेतेतीले पक्राउ गरेको हो ।

पन्तले मदिरा पिएर कर्मचारीसँग लफडा गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। 

मदिरा पिएपछि सडकमा गुडेका सवारी साधनलाई अवरुद्ध गरेको अभियोग पनि उनलाई लागेको छ । बिहीबार दिउँसो २ बजे पूर्व-पश्चिम राजमार्गमा गुडिरहेको सुदूर पश्चिम प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको गाडी रोकेर साँचो थुतेपछि उनलाई पक्राउ गरिएको हो ।

‘रक्सीले मातेर उनले ताण्डव गरेको सूचनापछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफूले गल्ती गरेकाले एक पटकलाई माफी दिन आग्रह गरेका थिए । उनीसँगै अखिल क्रान्तिकारीका नेता पनि समातिएका थिए ।

726
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja