2026/07/28

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०६-०५

562
Shares
विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ ।

शुक्रबार(आज) विमानस्थलले एक सूचना जारी गर्दै यस्तो कार्य नगर्न समेत आग्रह गरेको छ । अटेरी गरे कानुनअनुसार कारबाही हुने विमानस्थलले जनाएको छ ।

केही दिन पहिले एयर इन्डियाको जहाज काठमाडौं–दिल्ली उडानको लागि टेकअफ गर्दा ड्रोन देखिएको थियो । त्योभन्दा पहिला विमान ल्यान्ड गर्दा पनि कोटेश्वरबाट लेजर लाइटको बिम हानेको थियो । यस्ता घटना बारम्बार आउन थालेपछि विमानस्थलले यस्तो गतिविधिमा कडाइ गरेको हो ।

विमानस्थलको करिब पाँच किलोमिटर भित्र र ग्राउन्डबाट हजार फिट ड्रोन, चङ्गा अथवा बेलुन उडाउँदा उडान सुरक्षामा चुनौती हुने भन्दै विमानस्थलले कडाइ गरेको हो ।

यस्ता गतिविधिले पाइलटलाई अलमल्ल बनाउने र जहाजसँग ठोकिएर दुर्घटना हुने सम्भावना भएको भन्दै विमानस्थलले कडाइ गरेको हो ।

विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडान गरेमा ड्रोन कब्जा हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

562
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja