अछाम - मंगलसेनका १५ वर्षीय एक किशोरले गत बैशाखमा आफ्नै घरभन्दा एक सय मिटर माथिको रुखमा आत्महत्या गरे । लामो समयदेखि परिवारभन्दा टाढा बस्न मन पराउने , साथीहरुसँग बढी समय बिताउने गरेका ती किशोर परिवारका सदस्यसँग झर्किने रिसाउने गर्न थालेको लगभग एक वर्ष भएको थियो । घरमा आइसकेपछि एकोहोरो टोलाउने , आफ्नो कोठाभन्दा बाहिर नजाने जस्ता अस्वभाविक लक्षण देखाउन थालेका थिए । विद्यालयमा पनि जान नमान्ने , गए पनि पुरा समय नबस्ने जस्ता गतिविधि दोहोर्याउन थालेपछि उनीप्रति आमाबुवाले पनि चाँसो बढाए । ‘पहिलेभन्दा धेरै फरक व्यवहार देखाउन थालेपछि के भयो भनेर सोध्दा मर्न मन छ भन्ने , टोलाउने गथ्र्यो’ ती किशोरकी आमाले भनिन् ,‘बुझ्दै जाँदा चुरोट , रक्सी , गाजा , चरेसजस्ता धेरै कुराको लत बसेको रैछ । उसलाई सुर्धानको लागि जति प्रयास गर्दा पनि अन्तमा बचाउन सकिएन ।’ कुलतमा फसेर छोराको ज्यान गएपछि उनको परिवार विचलित भएको छ ।
ती किशोरको समूहका अर्का १४ वर्षीय बालकले पनि ३ साताअघि आफ्नै घरभित्र आत्महत्याको प्रयास गरे । दिउसो घरमा कोही नभएको समयमा आत्महत्या गर्न लागेका ती बालकलाई परिवारका सदस्यले थाहा पाएर अस्पताल लिएर त बचाए । तर अहिलेसम्म मानसिक सन्तुलन सही हुन सकेको छैन । ‘छोरो कुलतमा फस्यो भन्ने थाहा छ । आफ्नै आखा अगाडी रक्सी चुरोट , गाजा चरेस खाएको कसरी हेर्नु , नखाउ भन्दा मर्छु भन्छ । एक पटक आत्महत्याको प्रयास पनि गर्यो’ ती बालककी आमाले भनिन् ,‘ अहिले स्कुल जान पनि छोडिसक्यो । स्कुल गएको बेला पनि सबैसंग लड्ने , गालि गर्ने गर्दो रहेछ । अहिले घरमै राखेर एक मान्छे नै उसको हेरालो बस्नु पर्छ ।’ पहिले खानपिनमा पनि रुचि राख्ने । रहर गरेर पढ्ने र खुसी भइरहने बच्चा अहिले बदलिएपछि परिवार नै तनावमा रहेको उनले बताइन् ।‘ कहिलेकाही त्यसै एकदम खुसी देखिन्छ कहिले रिसाएर बस्ने कसैसँग नबोल्ने डाको छोडेर रुने बर्बराउने गर्छ ’ उनले भनिन् ,‘ परिवारका मान्छेसँग कहिल्यै खुसी हँुदैन । घुलमिल पनि हँुदैन । अहिले चिन्ता जति उसैको छ ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार आव ०७५÷७६ मा १९ जना , ७६÷७७ मा २५ जना र आ ७७÷७८ मा ६१ ज्नाले आत्महत्या गरेका छन् । यसमा १५ देखि २५ वर्षका किशोरावस्थाको संख्या धेरै छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार विगतका वर्षहरुभन्दा गत आवमा दोब्बर आत्महत्याका घटना बढेका छन् । कोरोना भाइरसको संक्रमणका कारण पछि आत्महत्यासम्मको अवस्थामा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला तथा बालबालीका सेवा केन्द्रले आत्महत्या, महिला हिंसा , घरेलु हिंसा लगायतका विकृतीहरु हटाउनको लागि गाउँसम्म विभिन्न खालका कार्यक्रम गरेता पनि खासै प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका अनुसार मानसिक स्वास्थ्य समस्याका भावनात्मक र व्यावहारिक लक्षणहरूमा बर्बराउने, रिसाउने, झोँक्राउने, छटपटिने, रुने, शंका गर्ने र पढाइ बिग्रने आदि पर्छन् । शारीरिक लक्षणमा कमजोरी, दुब्लाउने, रिंगटा लाग्ने, खानामा अरुचि, स्मरण शक्तिमा ह्रास र शरीरका अंगमा पीडा देखिन्छन्। एकाग्र हुन नसक्ने, निर्णय लिन गाह्रो, कसैले बोलेझैँ सुन्ने र मर्ने सोचाइजन्य लक्षण हुन् ।