2026/07/28

राष्ट्रसङ्घका महासचिव गुटेर्रसको नेपाल भ्रमण: सुरक्षाको जिम्मा नेपाली सेनालाई

Admin
Admin

२०८०-०७-०९

551
Shares
राष्ट्रसङ्घका महासचिव गुटेर्रसको नेपाल भ्रमण: सुरक्षाको जिम्मा नेपाली सेनालाई

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डमा हुने भएको छ। नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जनाएको छ। त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो।  

महासचिव गुटेर्रस नेपालको चारदिने भ्रमणका लागि कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको छ। महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्।  

यसअघि महासचिव गुटेर्रसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो। गुटेर्रसले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ।

महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।  

यसअघि सन् २००८ संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए। सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिवहरू क्रमशः डा. कुर्त वाल्डहाइम र ह्याभियर पेरेज द कोयार नेपाल भ्रमण गरेका थिए।

551
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja