2026/07/29

मुगुमा एकै परिवारका ४ जनाको हत्या प्रकरण : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

Admin
Admin

२०८०-०७-११

544
Shares
मुगुमा एकै परिवारका ४ जनाको हत्या प्रकरण : कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

मुगुमा भएकाे एकै परिवारका चार जनाको हत्या घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ।  प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको हो। 

नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली मुगु पुगेपछि आजदेखि अनुसन्धान गर्ने र हत्या गरिएका एकै परिवारका चार जनाको शव उठाउने तयारी गरिएको छ। 

घटनामा संलग्न भएको आशंकामा शुक्रबार (१० कात्तिक) देखि घटनास्थललाई सुरक्षित राखेर केही व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।  मुगुको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीनजना छोराछोरीको हत्या भएको अवस्थामा शुक्रबार शव फेला परेको थियो।

शुक्रबार बिहान ९ बजे फेला परेको ४ जनाको शव अझै घटनास्थलमै छ।  प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या आमा र तीन छोराछोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ।

आन्तरिक रिसइबीको कारण उनीहरुको हत्या भएको हुनसक्ने मुगुका डीएसपी वीरेन्द्र थापाले बताएका छन्।  केही व्यक्ति हत्यामा संलग्न भएको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटाइएको थापाले बताए। 

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja