2026/07/27

महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

Admin
Admin

२०८०-०८-०२

558
Shares
महिला टी–२० सिरिज : जापानलाई ६७ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । हंङकङमा आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै नेपालले जित निकालेको हो ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रन बनाएर अलआउट भयो । जापानका लागि सेरिका सुमीले १३ रन र मेगा ओगावाले १७ रन बनाइन् । अन्यले दोहोरो रनको अंक बनाउन सकेनन् । नेपालका लागि अस्मिना कर्माचार्यले ४ विकेट, संगिता राईले ३ विकेट र पूजा महतो २ विकेट लिएकी हुन् । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रन जोडे ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा  हङकङसँग ९ विकेटले पराजित भएको थियो । सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन् ।

 

558
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja