2026/07/28

भालुवाङ बस दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

Admin
Admin

२०८०-०९-२७

547
Shares
भालुवाङ बस दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको भालुवाङमा भएकको बस दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको छ । अरू घाइतेहरूलाई अस्पताल लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

"चार जनाको घटनास्थलमै मृत्यु भइसक्यो । बाँकीलाई तुरुन्तै अस्पताल ल्याउने व्यवस्था गरेका छौँ," उनले भने ।

उनका अनुसार सामान्य घाइतेलाई लमही पठाइएको छ । गम्भीर घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्था मिलाइएको छ ।


"बस पुलबाट पानीमै खसेछ । उद्धार गर्नै असहज भयो," उनले भने ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

 

547
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja