2026/07/28

आपत्‌कालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन

Admin
Admin

२०८०-१०-२३

593
Shares
आपत्‌कालीन सेवाको एकीकृत प्रणाली विकास गर्न कार्यदल गठन

आपत्‌कालीन अवस्थामा व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि केन्द्रीय सूचना प्रणालीमा पुग्ने र आवश्यक आपत्‌कालीन सेवा लिन सक्ने गरी एकीकृत सूचना प्रणाली विकास गर्न कार्यदल गठन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक-एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधि रहेका छन्। सूचना तथा सञ्चार विज्ञ विजय गौतम समेत कार्यदलमा छन्।
एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृतरूपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सोमबारको सरोकारवालाको बैठकले आपत्‌कालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न कार्यदललाई समय दिइएको छ। 
हाल अत्यावश्यक सहायता सेवाका लागि नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन्। यो सेवा शुरू भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्।
केन्द्रीय सूचना प्रणालीमा प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ र आपत्‌कालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणाली समेत प्रयोगमा ल्याइने गरी उक्त कार्य अघि बढेको कार्यदलका संयोजक पाण्डेले जानकारी दिए।
https://www.himalkhabar.com/news/140007?fbclid=IwAR3n8kd8sNeAMKKL0_BiTISmsqEgn8DAsIZ9cBm8-Mxap5kQ3gJFFhEeOm0_aem_Aa4BNS2xLNyk9JyjNPN8A9GMhAidFVVn2-P6Bnr__TtFwlqwQ50n1YSp5dnXD3Tbd70

593
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja