2026/08/13

नेप्से ९.२३ अंकले उकालो, कारोबार रकम ९ अर्ब नाघ्यो

Admin
Admin

२०८२-१०-०९

364
Shares
नेप्से ९.२३ अंकले उकालो, कारोबार रकम ९ अर्ब नाघ्यो

माघ ८, २०८२

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.२३ अंकले बढ्दै २ हजार ७ सय १४.६१ अंकमा पुगेर बन्द भएको छ।

अघिल्ला चार कारोबार दिन लगातार बढेको नेप्से बुधबार करिब ९.५ अंकले घटेको थियो। तर बिहीबार पुनः सुधार हुँदै नेप्से ०.३४ प्रतिशतले बढेको हो।

बिहीबारको कारोबारमा सहभागी भएका कम्पनीहरूमध्ये १६२ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन ९४ हजार १ सय ७४ पटकको कारोबारमा १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यस आधारमा बिहीबार कारोबार रकम पनि बढेको देखिन्छ।

364
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja