2026/07/29

नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भए : झलनाथ खनाल

Admin
Admin

२०८१-०८-०६

730
Shares
नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भए : झलनाथ खनाल

काठमाडौं, ६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग बीआरआईबारे अनावश्यक विवाद नगर्न र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा उनले आज (बिहीबार) एक विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेका हुन् ।

उनले बीआरआईको सवालमा नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई “ऋण पासो ” का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘यसपटक प्रधानमंत्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआईलगायत नेपालको राष्ट्रिय हितअनुकुल हुने अन्य अनेकौं विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन ।’

उनले बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलहरु एमाले र कांग्रेसबीच बहस भैरहनु र ठोस निणर्य गर्न नसक्नु मुलुककै निम्ति विडम्वना बन्न पुगेको टिप्पणी गरेका छन् । उनले भनेका छन्–‘चीनसंगको सहयोग र सम्बन्ध नेपालको विश्वसंगको सहयोग र सम्बन्धको अभिन्न अङ्ग हो । हरेक देशसंग हाम्रा सम्बन्धका विशिष्ट आयामहरु हुन्छन । अरु देश वा शक्तिले के भन्छन भनेर होइन हामीले हाम्रो देशको राष्ट्रिय हितलाई सर्वोपरि राखेर कुनै पनि देशसंगका सम्बन्धलाई र सहयोगलाई अघि बढाउन सक्नुपर्छ ।’

730
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja