2026/04/29

कोशी सरकारविरुद्धको रिट : मंगलबार विपक्षीका वकिलहरुले बहस गर्दै

Admin

२०८०-०५-१९

515
Shares

काठमाडौं,१९ भदौ

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेको तर्फबाट दायर रिटमा आजबाट प्रतिवादीको तर्फबाट बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।

विपक्षीकातर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुलृ नाम टिपाएका छन् । विपक्षीका तर्फबाट सरकारी वकिलहरूको अलवा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेम बहादुर खड्का सुनिल पोख्रेल, विजय मिश्रा, गोविन्द बन्दी, शेरबहादुर केसी, मुक्ति प्रधान यदु खनाल, रमण श्रेष्ठ, खम्ब खाती, लगायतका कानुन व्यवसायीहरूले बहस गर्ने बताइएको छ ।

सोमबार रिट निवेदक कार्कीको तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा।सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडाले बहस गरेका थिए ।

भदौ ४ मुख्यमन्त्री थापाले प्रदेश सभाको बैठकमा अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदान गराएर ४७ पुर्‍याएर विश्वासको मत प्राप्त गरेका थिए ।

यसविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट निवदेन दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

 

515
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.